श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपालभ्युज

श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच शुक्रबार भेटवार्ता भएको छ । श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे दुई दिने भारत भ्रमणमा छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेलाई नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा हार्दिक स्वागत गरेका छन् ।

भेटवार्ताबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गर्दै भनेका छन्, ‘यस वर्ष दुई देशले कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ मनाइरहेका बेला लामो समयदेखिको सम्बन्धलाई पुनरावलोकन गर्ने र थप गति दिने अवसर प्राप्त भएको छ । राजधानीको हैदरावाद हाउसमा वार्ता भइरहेको छ ।’

यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलङ्का एक महत्वपूर्ण साझेदार हो । यो भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै सबै क्षेत्रमा पारस्परिक लाभका सहयोगका लागि मार्गको खोजी गर्ने अपेक्षा गरिएको छ । विक्रमासिङ्घे बिहीबार नयाँ दिल्ली आइपुगेका थिए । उनलाई केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले स्वागत गरेका थिए । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved