१८ वर्षपछि पुन हिट गीत ‘बादल वर्षा बिजुली’को बन्यो नयाँ भिडिओ (भिडिओ पनि)

१८ वर्षपछि फेरि सुपरहिट भएको गीत ‘बादल वर्षा बिजुली’को नयाँ भिडिओ बनेको छ। २०६२ सालमा बनेको फिल्म ‘कर्तव्य’ मा समावेश ‘बादल वर्षा बिजुली’ बोलको गीतमा कलाकारदेखि सर्वसाधारणले टिकटक बनाएपछि फेरि भिडिओ बनाइएको हो।

नेपालभ्युज

१८ वर्षपछि पुन हिट गीत ‘बादल वर्षा बिजुली’को बन्यो नयाँ भिडिओ (भिडिओ पनि)

काठमाडौं। १८ वर्षपछि फेरि सुपरहिट भएको गीत ‘बादल वर्षा बिजुली’को नयाँ भिडिओ बनेको छ। २०६२ सालमा बनेको फिल्म ‘कर्तव्य’ मा समावेश ‘बादल वर्षा बिजुली’ बोलको गीतमा कलाकारदेखि सर्वसाधारणले टिकटक बनाएपछि फेरि भिडिओ बनाइएको हो।

टिकटकमा भिडिओ लाखौँले बनाएपछि धेरैले युट्युबमा खोजी गरे। तर गीतको भिडिओ क्वालीटी निकै कम थियो। राम्रो थिएन।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै गीतको नयाँ भिडिओ सार्वजनिक गरिएको छ। गीत पनि पुन रेकर्ड गराइएको छ।

अठार वर्षपछि फेरि ‘सुपरहिट’ : बादल, वर्षा, बिजुली, सञ्जालमा भाइरल

गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन्। सुब्रत आचार्यले निर्देशन गरेको म्युजिक भिडिओमा विजु पार्की र कविता नेपालीको नृत्य देख्न सकिन्छ।

करुण थापाको शब्द रहेको गीतमा सचिन सिंहको सङ्गीत छ। गीतको पुनः सङ्गीत संयोजन गरिएको छ। पुरानो गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका थिए भने नयाँलाई उदयराज पौडेलले गरेका छन्।

यो गीतको अडिओको प्रतिलिपि अधिकार फिल्मसँगै साईराम पिक्चर्सले लिएको थियो। गीतको नयाँ भिडिओ भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विजेश पौडेलले सम्पादन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved