एमालेमा भीम रावलको सक्रियता बढ्दै, साँफेबगरका कार्यकर्तासँग गरे अन्तरक्रिया

नेपालभ्युज

एमालेमा भीम रावलको सक्रियता बढ्दै, साँफेबगरका कार्यकर्तासँग गरे अन्तरक्रिया

काठमाडौं । पार्टी नेतृत्वप्रति विमति राख्दै लामो समयदेखि निस्क्रिय रहेका एमाले नेता भीम रावलले सक्रियता बढाएका छन् । उनले गृहजिल्ला अछाममा पार्टी कार्यक्रम गरेर अब पहिले जस्तै सक्रिय हुने सन्देश दिएका हुन् ।

रावलले जिल्लाको साँफेबगरमा एमालेका कार्यकर्तासँग छलफल गरेका छन् । नेतृत्वको कार्यशैलीबाट चिढिएका रावललाई फकाउन एमाले नेताहरुले प्रयास गरिरहेका थिए ।

रावलसँग दोस्रो तहका नेताहरुले पटक–पटक छलफल गरेको बताइएको छ । तर, पछिल्लो समय नेतृत्वसँग छलफल नगरी रावल गृहजिल्लाको पार्टी कार्यक्रममा सहभागी भएको बताइएको छ ।

पूर्वउपाध्यक्ष रावल यसअघिको महाअधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग चुनाव लडेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved