गृह मन्त्रालयले भन्यो- राष्ट्रिय सुरक्षाका लागि खुला सीमाना मुख्य चुनौती

नेपालभ्युज

गृह मन्त्रालयले भन्यो- राष्ट्रिय सुरक्षाका लागि खुला सीमाना मुख्य चुनौती

काठमाडौं । सरकारले देशको राष्ट्रिय सुरक्षाका लागि खुला सीमाना मुख्य चुनौती भएको निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयले राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई ‘भारत र चीनसँगको खुला सीमाना नै नेपालको मुख्य चुनौती भएको’ जनाएको हो ।

सोमबार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाएकी थिइन् । विवरणमा खुला सीमानाका कारण मानव बेचबिखन, हातहतियार तथा लागुऔषध ओसारपसार र सीमा पारिबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य अपराधिक घटना गराउने गरेको उल्लेख छ ।

सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको पनि जनाएको छ । नियमितरुपमा सीमावर्ती समकक्षीहरुसँग बैठक गरी अन्तरसीमा अपराध नियन्त्रणलगायतका विषयमा समन्वय गरिएको उल्लेख छ । त्यस्तै सीमा स्तम्भहरुको नियमित अनुगमन गरी भत्किएका, बिग्रिएका सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको सरकारको विवरणमा बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार २१२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको छ । हालसम्म भारततर्फ २४२ र चीनतर्फ ८ गरी जम्मा २५० स्थानमा बिओपी स्थापना भइ सञ्चालनमा रहेको सरकारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved