घर-घरमा फोन नम्बर टाँसेर कर्णाली प्रहरीको नयाँ अभियान

घर-घरमा फोन नम्बर टाँसेर कर्णाली प्रहरीको नयाँ अभियान

सुर्खेत। कर्णाली प्रदेशमा प्रहरीले सुरक्षाका लागि नयाँ अभियान सुरु गरेको छ । कर्णालीका १० वटै जिल्लामा प्रहरीले घरघरमा फोन नम्बर टासेर अभियान सुरु गरेको हो।

सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस् भन्नाले उक्त अभियान घर-घरमा प्रहरीले कर्णाली प्रदेशका सबै घर-घरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान सुरु भएको छ ।

आफू असुरक्षित भएमा अथवा शंकास्पद वस्तु फेला पारेमा वा अन्य केही समस्या परेमा घर नजिकैको प्रहरीलाई खबर गर्नका लागि यो अभियान सुरु गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) भीमप्रसाद ढकालले बताए । ‘स्टिकर अभियानमा तीन हजार प्रहरी खटिनेछन् ।’ उनले भने,‘यो अभियान तीन महिनासम्म सञ्चालन हुनेछ ।’

कर्णाली प्रदेशका रहेका १० वटा जिल्लाहरूमा रहेका तीन लाख ७१ हजारभन्दा बढी घरधुरीहरूमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरको मुख्य ढोकामा टाँसिने (डीआईजी) ढकालले बताए।

स्टिकर टाँस अभियानको शुभारभ उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश प्रहरी कार्यालय सञ्चालन गरेको अभियानले नागरिकसँग राज्य छ भन्ने सन्देश दिएको बताए । ‘अहिले सरकारले नागरिकसँग राज्य छ भन्ने अनुभूति गराउनका लागि यो अभियान निकै प्रशंसनीय रहेको छ ।’ उनले भने,‘यो अभियानले अपराधमा कम आउनुका साथै नागरिकले छरितो न्याय पाउनेछन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved