एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

नेपालभ्युज

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिइएको  छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार शनिबार बसेको एमाले सचिवालय बैठकले बराललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि  अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवले पाइसेकका थिए ।  त्यस्तै  बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले कोशी प्रदेशको सरकार गठनमा सभामुख सामेल भएको भन्दै त्यो अवैधानिक भएकाले संविधानसम्मत नयाँ सरकार गठन गर्नुपर्ने, लम्पी स्किन रोग महामारीका रुपमा फैलँदा समेत सरकारले त्यसको रोकथाममा उचित ध्यान नदिएको, मिटरब्याजी समस्या समाधानमा नयाँ विधेयक ल्याउनुपर्ने, विश्वविद्यालयमा सत्तापक्षका विद्यार्थीबाट भएका तालाबन्दी,तोडफोडको निन्दा र अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित जनजीवनलाई सामान्यमा बदल्न सरकारसँग माग लगायतका विभिन्न समसामयिक  प्रस्ताव पारित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved