प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको समवेदना

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले पनि व्यक्त गरे दुःख

नेपालभ्युज

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको समवेदना

काठमाडौं । पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति भारतीय समकक्षी नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । मृतक प्रचण्डपत्नी सीतालाई श्रद्धान्जली अर्पण गर्दै मोदीले प्रचण्डलाई समवेदना दिएका हुन् ।

प्रचण्डपत्नी सीताको निधनले आफूलाई दुखी बनाएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।

प्रचण्ड प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि स्वर्गीय सीतालाई श्रद्धान्जली अर्पण गर्दै प्रचण्डप्रति समवेदना प्रकट गरेका छन् ।

सीताको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved