सरकारले हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाउने

नेपालभ्युज

सरकारले हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले दुर्घटनाको अध्ययनका लागि छानबिन समिति बनाउने बताएका हुन् ।

मन्त्री किरातीले भोलिसम्ममा छानबिन समिति बनाइसक्ने बताए ।

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९–एन–एमभी कलसाइनको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना भएको थियो ।  दुर्घटनामा उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँचजना यात्रु र एक नेपाली क्याप्टेन चेत गुरुङसहित ६ जनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved