बिग बोस ओटीटी २ मा हुँदैछ वाइल्ड कार्ड इन्ट्री

नेपालभ्युज

बिग बोस ओटीटी २ मा हुँदैछ वाइल्ड कार्ड इन्ट्री

एजेन्सी। बिग बोस ओटीटी २ का बारेमा चौतर्फी चर्चा छ । सुस्त सुस्त दर्शकहरूले शोको आनन्द लिइरहेका छन् । यसपटकका सहभागीहरूलाई देखेर यस्तो लाग्छ घर-घर खेल्न आएका छन् । त्यसो त बिग बोसको सो नै एक किसिमको घर-घर खेलेको जस्तै हुने गर्छ ।

अहिले जसरी आपसी सहमतिमा घरका सदस्यहरूले हरेक चीजको बारेमा निर्णय लिइरहेका छन्, त्यसबाट यस्तो देखिन्छ यस पटकको शोले दिदीबहिनी, दाजुभाइ, दिदीभाइहरूको जोडी बनाइरहेको छ ।

अहिलेको बिग बोसमा अभिषेक मल्हान र पूजा भट्ट दुईजना यस्ता प्रतियोगी देखिएका छन् जसले आफ्नो कुरा खुलेर राख्ने गर्छन् । पहिला त यो शो ६ हप्ताका लागि आउनेवाला थियो । तर, हालैको एपिसोडमा सलमान खानले बताएअनुसार शो दुई हप्ता अरु लम्बिएको छ ।

खबरअनुसार शोमा नयाँ इन्ट्री हुनेसमेत बताइएको छ । यसमा देवोलिना भट्टाचार्जी, पलक पुरस्वानी र एल्विस राव साहबको नाम अगाडि आइरहेको छ । तर, ती तीनमध्ये कसैले पनि शोको हिस्सा हुनेबारे खुलासा भने गरेका छैनन् । जहिलेदेखि यी तीन वटा नामहरू बाहिर आएका छन्, सबैले पुनीत सुपरस्टारलाई फिर्ता ल्याउनुपर्छ भन्ने विचार व्यक्त गरिरहेका छन् ।

पुनित एक दिन पनि घरमा रोकिन पाएनन् । जुन तरिकाले उनले घरका सदस्यसँग, घरभित्र व्यवहार देखाए त्यो निर्माताहरूलाई मनपरेन । यही कारणले उनलाई घरबाट बाहिर निकालिएको थियो । यसबाहेक यो पनि खबर आइरहेको छ कि फलक नाजकी बैनी शफक नाज पनि घरमा प्रवेश लिँदै छिन् । सलमान खानसँग स्टेज सेयर गरेको फोटो अभिनेत्रीले सामाजिक सञ्जालमा आएपछि मिडियामा भाइरल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved