समीक्षाले रुँदै भनिन्- आफ्नो कमाइले घरको तला थप्दा १० लाख लिएर बनाएको भन्दै टर्चर दिए

यति कुरा सुनाइरहँदा समीक्षाले आफूलाई सम्हाल्न सकिनन् ।  उनले रुँदै भनेकी छन्, ‘‘अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस् ।’’

नेपालभ्युज

समीक्षाले रुँदै भनिन्- आफ्नो कमाइले घरको तला थप्दा १० लाख लिएर बनाएको भन्दै टर्चर दिए

काठमाडौं। गायिका समीक्षा अधिकारीले एक टेलिभिजनमा दिएको अन्तर्वार्ताको क्लिप भाइरल भएको छ। बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग धरौटीको पैसा नलिएको भए पनि आफूले पीडा भोग्नुपरेको उनले बताइन्।

न्युज २४ टेलिभिजनमा प्रस्तोता राज श्रेष्ठसँगको अन्तर्वार्तामा समीक्षा रोएकी छिन्। समीक्षा रोएको उक्त क्लिप अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

यसअघि, अदालतले कलाकार पल शाहलाई पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो। तर, उक्त रकम आफूले नलिएको समीक्षाले बताउँदै आएकी छिन्। तैपनि, मानिसहरूले १० लाख लिएको भन्दै आएपछि आफूलाई चोट परेको उनको गुनासो छ।

उनले अन्तरवार्तामा भनेकी छिन्, ‘‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो। मैले मागेकी हैन। न मैले लिएकी नै छु। दाइले दुई–तीन वर्ष दुबईमा बसेर दुःख–संघर्ष गरेर कमाएको पैसाले घरको तल्ला थप्यौँ। तर, मान्छेहरूले भने मेरी ममीलाई छोरीले पाएको दश लाखले घरको तल्ला थपेको भनेर यातना दिए। त्यस्तो सुन्दा मेरो बुवाआमालाई कति पीडा हुन्थ्यो होला?’’

यति कुरा सुनाइरहँदा समीक्षाले आफूलाई सम्हाल्न सकिनन्। भक्कानिइन्। निहुरिएर आँसु पुछिन्। केही बेरको मौनतापछि फेरि उनले रुँदै भनेकी छन्, ‘‘अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस् ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved