सत्ता गठबन्धनको बैठक जारी, कोशीका मुख्यमन्त्री र अवरुद्ध सदन खुलाउने विषयमा छलफल

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक जारी, कोशीका मुख्यमन्त्री र अवरुद्ध सदन खुलाउने विषयमा छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ । बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा कोशी प्रदेशमा सरकार बनाउन देखिएको सकस, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले गरिरहेको संघीय संसद अवरोध लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved