पिएसजीका गोलकिपर रिकाको स्वास्थ्यमा क्रमिक सुधार

नेपालभ्युज

पिएसजीका गोलकिपर रिकाको स्वास्थ्यमा क्रमिक सुधार

बार्सिलोना । मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परी अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ्रान्सको सेभिलस्थित भर्जेन डेल रोसियो अस्पतालमा उपचार जारी रहनेछ ।

सर्जियो रिकोलाई अहिले सघन कक्ष (आईसीयू) सामान्य वार्डमा सारिएको छ जहाँ उनी पाँच हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहेका थिए ।

‘उहाँलाई विशेषज्ञहरूको सघन निगरानी टोलीले हेरचाह गरेको थियो,’ अस्पतालले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख छ ।

‘आजदेखि उहाँलाई वार्डमा भर्ना गरिएको छ । उहाँले अस्पतालको विशेषज्ञहरूको अर्को टोलीबाट चिकित्सा र नर्सिङ हेरचाह प्राप्त गर्नुहुनेछ ।’

रिको कोमामा थिए तर अस्पताल स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार उनी केही दिनदेखि होशमा आएका छन् । फेरि कुराकानी गरिरहेका छन् ।

गोलकिपरले आफ्नो गृहनगर क्लब सेभियाबाट दुई पटक युरोपा लिग जितेका थिए र सन् २०२० देखि लगातारपेरिस सेन्ट जर्मेनमा सामेल भइरहेका थिए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved