नेप्से सूचक ३९ अंकले घट्यो, ३ अर्ब ७ करोडको कारोबार

नेपालभ्युज

नेप्से सूचक ३९ अंकले घट्यो, ३ अर्ब ७ करोडको कारोबार

काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घटेको छ। अघिल्लो दिन १२ अंकले बढेको नेप्से सूचकमा आज ३९ अंक माथिको गिरावट भई २ हजार ४९.४४ अंकको विन्दुमा ओर्लिएको छ ।

आज ८० लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको बारोबार भएको छ ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.८९ अंकले घट्दै ३८२.७४ अंकको विन्दुमा ओर्लिएको छ । आज १३ वटै उपसूचक ऋणात्मक (माइनस) हुँदै बजार नै राताम्मे देखिएको छ। सबैभन्दा बढी जीवन बिमा समूहको उपसूचक ३.३१ प्रतिशतले घटेको छ भने आज निर्जीवन बिमा समूहको उपसूचक २.७५ प्रतिशतले घटेको छ ।

यसैगरी, माइक्रोफाइनान्स समूहको उपसूचक २.१८ प्रतिशतले घट्दै गर्दा बैंकिङ्ग समूह र डेभलपमेन्ट समूहको उपसूचक क्रमशः ०.९० प्रतिशत र १.६८ प्रतिशतले घट्न पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved