भारतले ईपीजी प्रतिवेदन लत्याएकोप्रति बाबुरामको आपत्ति

नेपालभ्युज

भारतले ईपीजी प्रतिवेदन लत्याएकोप्रति बाबुरामको आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनलाई भारतले लत्याएकोप्रति प्रश्न गरेका छन् ।

उक्त प्रतिवेदन पाँच वर्षदेखि थन्किएकोमा दुःख लागेको भन्दै उनले ‘विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिकरूपमा किन त्याएको ?’ भनेर प्रश्नसमेत गरेका हुन्।

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले ल्याएको ईपीजीको अवधारणा र त्यसैअनुसार आएको प्रतिवेदनलाई भारतले बेवास्ता गर्दा पीडाबोध भएको बाबुरामको भनाइ छ ।

‘छिमेकीहरूले सुन्दर भविष्यका लागि आपसी परामर्शमार्फत् विगतका सन्धि सम्झौताहरूको बेला-बेला समीक्षा गर्छन् । त्यसैअनुसार सन् १९५० को सन्धि, सीमा समस्या, व्यापार तथा पारवहन, सुरक्षा लगायतका द्विपक्षीय सम्बन्धको समीक्षा गर्न दुवै ईपीजीलाई अधिकार दिइएको थियो । तर. उपयुक्त विकल्पविना विशेषगरी भारतबाट यसलाई अनौपचारिक रूपमा किन लत्याइयो ?’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved