काठमाडौं । १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।
मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै भारतले नवौँपटक साफ च्याम्पनियनसिपको उपाधि उचालेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।
शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भए ।
पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।
प्रतियोगिताको १४ वर्षमा भारत ९ पटक च्याम्पियन बनेको हो ।
उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर रुपैयाँ प्राप्त गर्न सफल भएको छ । उपविजेता कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
Facebook Comment
Comment