तमन्नालाई केटी जस्तो देखिन धेरै नै मेहनत गर्नुपर्यो

नेपालभ्युज

तमन्नालाई केटी जस्तो देखिन धेरै नै मेहनत गर्नुपर्यो

एजेन्सी । बलिउड अभिनेत्री तमन्ना भाटिया हिजोआज आफ्नो फिल्म ‘लस्ट स्टोरिज २’ लाई लिएर एकदमै चर्चामा छिन् । तमन्नाले एउटा अन्तरवार्ताका क्रममा आफ्नो ट्रान्सफर्मेशनका बारेमा खुलेर कुरा गरिन् ।

यसक्रममा अभिनेत्रीले भने अनुसार उनी स्कूलमा गुण्डाजस्तो थिइन । उनले समोसाका लागि साथीहरुसँग लड्ने समेत बताइन् । आफ्नो स्कूलको समय सम्झँदै उनले भनिन् ‘म केटा जस्तै हिँड्थेँ ।’

तमन्नाका अनुसार फिल्म क्षेत्रमा आउँदा निर्देशकले उनलाई केटी जस्तो देखिने सल्लाह दिएका थिए । उनले भनिन्, “आफ्नो पात्रका लागि मलाई केटी जसरी हिँड्न सिक्नु परेको थियो ।” उनका अनुसार यो विषय पनि उनका लागि प्रशिक्षणको हिस्सा जस्तो थियो ।

तमन्नाले सधैं अभिनेत्री नै बन्नु र सिफन साडी लगाएर बरफमा नृत्य गर्नु आफ्नो सपना रहेको पनि बताइन । त्यसैले उनले केटी जसरी हिँड्न सिकिन् । तर त्यही कुरा पनि उनको लागि शारीरिक रुपमा एकदमै गाह्रो थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved