श्रीमान हराएको रिपोर्ट लेखाउन पुलिस स्टेशन पुगिन् दीपिका पादुकोण !

नेपालभ्युज

श्रीमान हराएको रिपोर्ट लेखाउन पुलिस स्टेशन पुगिन् दीपिका पादुकोण !

एजेन्सी । रणवीर सिंह, दीपिका पादुकोण, राम चरण र तृषा कृष्णन पहिलोपटक कुनै प्रोजेक्टमा सँगै देखिँदैछन् । तर अहिलेसम्म यो पक्का भएको छैन कि यो एउटा विज्ञापन हो वा फिल्म ।

आइतबार रणवीर सिंहले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडिओ शेयर गरे जो कुनै ब्रान्डको सिनेम्याटिक विज्ञापन जस्तो देखिएको छ । यस भिडिओमा दीपिका पादुकोणले आफ्नो हराइरहेका श्रीमानलाई खोजिरहेकी छन् भने रणवीर एक जासुसको रुपमा देखिएका छन् ।

दुवैबाहेक भिडियोमा राम चरण र तृषा कृष्णन पनि देखिएका छन् । भिडिओको सुरुआत दीपिका पादुकोणबाटै हुन्छ, जो पुलिस स्टेशनमा आफ्नो श्रीमान हराएको रिपोर्ट लेखाइरहेकी छन् । त्यहीँ अर्कोतिर रणवीर सिंह कोही हराएको मानिसको खोजी गरिरहेको देखिन्छन् ।

यसैबीच वेब सीरीज ‘द फैमिली म्यान’ का चेल्लम सर पनि देखिन्छन् । राम चरण पनि एकजना मानिसको पछि लागिरहेको देखिन्छन् । भिडिओको अन्तिममा तृषा पुलिस स्टेशनको बाहिर कसैलाई कुरिरहेको अवस्थामा देखिन्छिन् ।

यो भिडिओ देखेपछि प्रसशंकले आसा गरिरहेका छन् यो एउटा फिल्म होस् । एक जनाले लेखेका छन्, ‘कृपया कसैले भन्दिनुस् यो विज्ञापन होइन ।’ अर्काले कमेन्टमा लेख्छन्, ‘तपाईंहरु सँगै एउटा पनि सीनमा देखिनुभएको छैन तर पनि तपाईंहरुको केमेस्ट्री रणवीर–आलिया भन्दा राम्रो छ ।’

कामको कुरा गर्दा रणवीरको फिल्म ‘रक्की और रानी की प्रेम कहानी’ आउँदैछ । यो फिल्म २८ जुलाईमा रिलीज हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved