८ वर्षपछि सत्तामा फर्किए पूर्वी टिमोरको स्वतन्त्रता नायक गुस्माओ

नेपालभ्युज

८ वर्षपछि सत्तामा फर्किए पूर्वी टिमोरको स्वतन्त्रता नायक गुस्माओ

पूर्वी टिमोर । दक्षिणपूर्वी एसियाको सबैभन्दा कान्छो लोकतन्त्र पूर्वी टिमोरका पहिलो जननिर्वाचित राष्ट्रप्रमुख जानाना गुस्माओ प्रधानमन्त्रीपदबाट राजीनामा दिएको आठ वर्षपछि शनिबार पुनः सत्तामा फर्किएका छन् ।

इन्डोनेसियाली कब्जाविरुद्ध रक्तञ्जित गुरिल्ला लडाईंपछि आफ्नो कार्यकालको पहिलो दुई कार्यकालमा देशलाई एकताबद्ध बनाउने श्रेय ७७ वर्षीय स्वतन्त्रताका प्रतिमूतिलाई दिइएको थियो ।

गुस्माओको पार्टी, विपक्षी ‘नेसनल कङ्ग्रेस फर टिमोरिस रिकन्स्ट्रक्सन (सीएनआरटी)’ ले मेको चुनावमा भारी मतान्तरले विजय हासिल गरेको छ र प्रतिरोध आन्दोलनको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई पराजित गरेको छ ।

सीएनआरटीले डेमोक्र्यटिक पार्टीसँग मिलेर संसदमा बहुमत हासिल गरेपछि गुस्माओलाई पुनः प्रधानमन्त्रीमा चयन गरिएको थियो ।

पोर्चुगाली–टिमोरी मूलका शिक्षकहरूको छोरा, गुस्माओ पोर्चुगाली उपनिवेशमा हुर्किएका थिए । उनी सन् १९७५ मा स्वतन्त्र पूर्वी टिमोर (फ्रेटिलिन) को लागि क्रान्तिकारी मोर्चामा सामेल भएको र पहिले पोर्चुगल र त्यसपछि इन्डोनेसियाबाट स्वतन्त्रताको लागि लडेका थिए ।

उनी सन् १९८१ मा उनी फ्रेटिलिनको सैन्य शाखा फलिन्टिलका नेता बन्नुभएको थियो भने आफ्नो युवा तथा वयस्क जीवनको अधिकांश समय सँगी लडाकुहरूसँग जङ्गलमा बिताएका थिए ।

सन् १९९२ मा इन्डोनेसियाली सेनाले उनलाई पक्रेपछि उनले जकार्ताको जेलबाटै सङ्घर्षको नेतृत्व गरेका थिए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved