सर्वोच्चको आदेशप्रति कमल थापाको आपत्ति, समलिंगी विवाहलाई वैधता दिन नहुने तर्क

नेपालभ्युज

सर्वोच्चको आदेशप्रति कमल थापाको आपत्ति, समलिंगी विवाहलाई वैधता दिन नहुने तर्क

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतबाट भएको समलिंगी विवाहलाई वैधता दिने आदेशप्रति आपत्ति जनाएका छन् ।

उनले समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत भएको तर्क गर्दै अदालतको आदेशप्रति आपत्ति जनाएका हुन् ।

‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको आदेश त्रुटिपूर्ण छ। समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ । विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो’, उनले भनेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

बुधबार सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गराउन सरकारका नाममा आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved