संसदमा मन्त्री किरातीको प्रस्टोक्ति – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई अन्तर्गत होइन (भिडिओ)

नेपालभ्युज

संसदमा मन्त्री किरातीको प्रस्टोक्ति – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई अन्तर्गत होइन (भिडिओ)

काठमाडौंं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारेका छन्। प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री किरातीले २०१६ मा मात्रै बिआरआई सम्झौता भएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअघि २०१२ मै निर्माण कार्य सुरु भएको बताए।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सोधेको प्रश्नको जवाफ दिँदै किरातीले उक्त कुरा संसारलाई थाहा भएको बताए। संसारलाई थाहा भएको कुरामा नअलमलिन उनले सांसदहरूलाई आग्रह गरे।

‘‘सबै कुरा प्रस्ट छ। फेरि संसदमा यही कुरा उठ्छ। बिआरआई सम्झौता त २०१६ मा भएको हो। पोखरा एयरपोर्टको २०१२ मा निर्माण सुरु भएको हो। संसारले यो बिआरआई होइन भनिरहेको छ। सांसदहरू अल्मलिएका अल्मलियै छन्। बिआरआई हो कि, यो के हो?समय र शक्तिको खर्च गरेर के गर्छौँ हामी?’’ उनले भने।

गत बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किराती सहभागी भएकै कार्यक्रममा चिनियाँ राजदूत छन् सोङ यो एयरपोर्ट बीआरआईअन्तर्गत बनेको दाबी गरेका थिए। त्यसअघि १७ पुसमा विमानस्थल उद्घाटनमा चीनका कार्यवाहक राजदूत वाङ सिनले पनि विवादास्पद अभिव्यक्ति दिएका थिए। पोखरा विमानस्थल चीनको महत्त्वाकांक्षी बीआरआईअन्तर्गत भएको दाबी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved