कोशीका मुख्यमन्त्रीलाई संसदको विश्वास जित्न एक मत निर्णायक

सभामुखको भूमिकाबारे फरक-फरक मत

नेपालभ्युज

कोशीका मुख्यमन्त्रीलाई संसदको विश्वास जित्न एक मत निर्णायक

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असार १४ गते फेरि विश्वासको मत लिँदैछन् ।

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले फेरि विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री कार्कीलाई १४ गते प्रदेशसभाबाट विश्वासको मत लिन भने सकसपूर्ण छ ।

कोशीमा ९३ सदस्यीय प्रदेशसभा छ । यहाँ कार्कीको पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ गरी ४६ सांसद छन् । जबकि यहाँ विश्वास जित्न मुख्यमन्त्री कार्कीले ४७ मत पाउनुपर्छ । यो हिसाबमा प्रदेशसभाको विश्वास जित्न मुख्यमन्त्री कार्कीलाई एक मत अपुग हुने देखिन्छ ।

यहाँ नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा भने कार्की नेतृत्वको सरकार ढालेर केन्द्रीय गठबन्धन अनुसार नै प्रदेश सरकार गठनको गृहकार्यमा छन् । प्रदेशसभामा कांग्रेसका २९, माओवादीका (सभामुखबाहेक) १२, समाजवादीको ४ र जसपाको १ जना सांसद छन् ।

रोचक त के छ भने यहाँ गैरएमाले गठबन्धनको पक्षमा पनि सभामुखबाहेक ४६ नै सांसद छन् । दुवै पक्षको ४६–४६ सांसद भएको कोशीमा एक भोट बढी जसको पक्षमा जान्छ, उसैले मुख्यमन्त्री लिन्छ ।

संविधानतः सभामुखले मत दिन नपाउने व्यवस्था छ । तर गठबन्धनले दुवैपक्षको मत बराबर भएको खण्डमा सभामुखले निर्णायक मत दिन पाउने तर्क गरिरहेका छन् । एमाले र कतिपय कानुनविद्हरुले भने सभामुखले मत दिन नपाउने बताइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved