जसपाको विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा अनुमोदन

पार्टीलाई अन्तर्घात गर्ने केन्द्रीय सदस्यहरूलाई निष्कासन गर्ने निर्णय

नेपालभ्युज

जसपाको विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा अनुमोदन

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने जनाइएको छ।

सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ ।

केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यस अघिका निर्णयहरूलाई आजको बैठकले अनुमोदन गरेको हो।

बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्वाङ, देवकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ । कारबाहीको निर्णय उपर चित्त नबुझे सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved