बाबुरामको प्रस्ताव: राष्ट्रिय समस्या समाधान गर्न प्रमुख दलको संयुक्त सरकार बनाऔं

नेपालभ्युज

बाबुरामको प्रस्ताव: राष्ट्रिय समस्या समाधान गर्न प्रमुख दलको संयुक्त सरकार बनाऔं

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउन सुझाव दिएका छन् । दलका नेताहरुबीच पालैपालो कुर्सी साटासाट गर्नुमा समय खेर फाल्नुभन्दा प्रमुख दलहरुको संयुक्त सरकार बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

गत आमचुनावपछिको नेपाली राजनीति झन् उत्तारचढावपूर्ण भएको भन्दै उनले प्रमुख दलहरुको संयुक्त सरकारको विकल्प अघि सारेका हुन् । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र जटिल बन्दै गएको भूराजनीतिकको कुशल व्यवस्थापन गर्न पनि संयुक्त सरकारको खाँचो रहेको उनको तर्क छन् ।

‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन!विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण–भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

बेलैमा संयुक्त सरकार बनाएर राष्ट्रिय जिम्मेवारी पूरा नगरे ‘समयले कसैलाई नपर्खने’ उनको भनाइ छ । ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बाँकी कामको समापन, थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला कि ?’, उनी भन्छन्, ‘नत्र समयले कसैलाई नपर्खन सक्छ !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved