बालेनको निर्देशनमा काठमाडौंमा हिन्दी फिल्न चलेनन, पोष्टर समेत हटाइयो

नेपालभ्युज

बालेनको निर्देशनमा काठमाडौंमा हिन्दी फिल्न चलेनन, पोष्टर समेत हटाइयो

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि काठमाडौं महानगरभित्रका फिल्म हलमा भारतीय फिल्म चल्न छाडेका छन् ।

हिजो आइतबार बालेनले सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा फिल्म चलाउन नदिने बताएका थिए । आज सोमबार विहानदेखि हिन्दी फिल्मका शो रोकिएका छन् ।

केही हलमा आदिपुरुषको विहान ७ बजेको शो रहेकोमा रद्द भएको सञ्चालकले जनाएका छन् । धेरै हलले हिन्दी फिल्मको पोष्टर समेत हटाएका छन् भने आगामी फिल्मको प्रचार पनि रोकेका छन् ।

बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाएपछि हिन्दी सिनेमा नचल्ने भएका हुन ।

मेयर शाहले आइतबार लेखेका थिए, ‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आव्हान गरेको थियौ, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र उक्त राष्ट्र हित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved