पाँचथरमा बाढीले बगाउँदा ६ जना वेपत्ता, पुल र सडक बग्दा उद्धारमा समस्या

नेपालभ्युज

पाँचथरमा बाढीले बगाउँदा ६ जना वेपत्ता, पुल र सडक बग्दा उद्धारमा समस्या
फाइल फोटो

पाँचथर । अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा  छ जना बेपत्ता भएका छन् ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । 

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ । क्षतिको विवरण आइसकेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved