चम्किलो कपालको लागि यसरी गर्नुहोस् अन्डाको प्रयोग

नेपालभ्युज

चम्किलो कपालको लागि यसरी गर्नुहोस् अन्डाको प्रयोग

एजेन्सी । घाम, धुलो र माटो तथा प्रदुषण आदिले कपाल एकदमै डल हुन्छन् । कपालको चमकलाई सदाबहार एकनास राख्नका लागि तपाईंले सही हेयर केयर रुटिनलाई अपनाउनु पर्ने हुन्छ । तपाईं चम्किलो कपाल बनाउनका लागि अन्डाको प्रयोग पनि गर्न सक्नुहुन्छ । अन्डाको सहयोगले घरमै बसी बसी कपाल चम्किलो हुनेछ ।

कपालमा लगाउने अन्डाको प्याक बनाउनका लागि एउटा पाकेको केरा, एक चम्चा मह र एउटा अन्डाको आवश्यकता पर्दछ । यसलाई बनाउनका लागि पाकेको केरालाई मिचेर पेस्ट बनाउनुहोस् र यसमा एउटा अन्डा र एक चम्चा मह मिसाउनुहोस् ।

उक्त मिश्रणलाई सफा कपालको जरा तथा स्काल्पका साथै कपालमा लगाउनुहोस् । करीब आधा घण्टा यसलाई राखेपछि माइल्ड स्याम्पुले नुहाउन सकिन्छ । कपाललाई धुनका लागि चिसो पानीको प्रयोग गर्नुहोस् ।

यस मास्कलाई लगाएपछि तपाईंको कपाल बलियो हुन्छ । अन्डाले कपाललाई बलियो बनाउने काम गर्दछ । पातलो कपाल हेर्दा कत्ति पनि राम्रो देखिँदैन । अन्डामा भिटामिन ए, ई, बायोटिन पाइन्छ जसले पातलो कपाल बाक्लो बनाउँछ ।

स्काल्प सुख्खा भएर चिलाउने समस्यामा पनि यस प्याकले फाइदा गर्दछ । टाउकोमा अन्डा, मह र केराको पेस्ट लगाउँदा कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।  यसले कपाल झर्न रोकेर नयाँ कपाल पलाउन सहयोग गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved