आफ्नै शरीरमा आगो लगाएका युवाको उपचारको क्रममा मृत्यु

नेपालभ्युज

आफ्नै शरीरमा आगो लगाएका युवाको उपचारको क्रममा मृत्यु

काठमाडौं । मंगलबार राति पौने १२ बजे आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाउने एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका १५ विजयेश्वरी बस्ने २७ वर्षीय रुपेश राजभरले गएराति शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

घाइते राजभरको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved