माधव नेपालको चेतावनी- बजेट यथास्थितिमा पास भए सरकार ढल्छ

नेपालभ्युज

माधव नेपालको चेतावनी- बजेट यथास्थितिमा पास भए सरकार ढल्छ
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने चेतावनी दिएका छन्।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने चेतावनी दिएका हुन्

उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए। उनले बजेट  गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको बताउँदै आएका  छन् ।

साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपी नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् ।

सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा शंका उत्पन्न भएको छ ।

उनले भने, ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो  सरकार दुर्घटनामा जान्’ उनले भने,  ‘तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ । मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ । यो सकरार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ ।’

अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा अखण्ड भारतको नक्शा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए । उनले कम्युनिष्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल पशुपति जानुभयो नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved