खुमलटारका कर्मचारी र खेलाडीद्वारा रेफ्रीमाथि हातपात

नेपालभ्युज

खुमलटारका कर्मचारी र खेलाडीद्वारा रेफ्रीमाथि हातपात

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारका पदाधिकारीले मैदानमा प्रवेश गरी हातपात गरेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडविरुद्धको खेलको पहिलो हाफमा खुमलटारको पदाधिकारीले रेफ्रीमाथि हातपात गरेका हुन्। चर्च ब्वाइजले १–० गोलले अग्रता लिँदा खेल विवादित बनेको थियो।

चर्च ब्वाइजका अनन्त तामाङले डी–बक्सभित्र ह्यान्ड गरेको आवाज उठाउँदै खुमलटारका कर्मचारी र अफिसियलले पेनाल्टीको माग गरे। तथापि, खेल सञ्चालक रेफ्री प्रज्ज्वल क्षेत्रीले पेनाल्टी नदिएपछि म्यानेजर अन्जन राना क्षेत्री रेफ्री थापामाथि जाइलागे।

यसलगतै अन्य अफिसियल पनि मैदानमा पुगेर अन्य रेफ्रीमाथि जाइलागे। हातपात गरेका खुमलटारक म्यानेजरसहितका ३ अफिसियललाई रातो कार्ड देखाइएको छ ।

‘ए’ डिभिजनको मान्यता कायम राख्न खुमलटारलाई आजको खेल जित्नै पर्ने दबाब थियो। चर्च ब्वाईजले भने लिगको उपाधि उचालिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved