ससुरालीबाट फर्कँदा मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

नेपालभ्युज

दमक।  झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दमक नगरपालिकाका कार्यपालिका सदस्य लोकबहादुर धिमालकी श्रीमती ६४ बर्षीया हिरादेवी धिमालको मोटरसाइकलबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक ९ स्थित पाणिनी मावि नजिकै दुर्घटना भएको हो ।

माइत तथा ससुरालीबाट धिमाल दम्पती मोटरसाइकलमा घर तर्फ आँउदै गर्दा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएका धिमाल दम्पतीलाई उद्धार गरी अस्पताल पुर्याइएकोमा श्रीमती हिरादेवीको बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको वडा नंबर ९ का वडाध्यक्ष कुवेर भट्टराईले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved