असार, साउन र भदौमा सडक खन्न रोक, जबर्जस्ती गरे कारबाही हुने

नेपालभ्युज

असार, साउन र भदौमा सडक खन्न रोक, जबर्जस्ती गरे कारबाही हुने
फाइल तश्वीर

काठमाडौं । सरकारले असार, साउन र भदौमा जथाभावी सडक खन्न रोक लगाएको छ । बर्खायाममा सडक खन्दा पैसा मात्रै खर्च हुने र वातावरणीय क्षति धेरै हुने भएकाले सडक खन्न रोक लगाइएको हो ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सार्वजनिक सूचना निकालेर बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो ।

बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने पनि सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved