३ घण्टासम्म हवन गरेर भ्यागुताको बिहे सम्पन्न, अब पानी पर्ला त ?

नेपालभ्युज

३ घण्टासम्म हवन गरेर भ्यागुताको बिहे सम्पन्न, अब पानी पर्ला त ?

सिन्धुली। लामो समय खडेरी परेपछि सिन्धुलीमा स्थानीयले भ्यागुताको बिहे गराएका छन् ।

लामो समय पानी नपरेपछि भ्यागुताको बिहे गराएमा पानी पर्छ भन्ने विश्वासका साथ सिन्धुलीको दुधौली नगरपालिका – ४ डकाहमा स्थानीयले भ्यागुताको बिहे गराएका हुन् ।

लगातारको खडेरी बालीनाली सुक्दै गएको र अत्याधिक गर्मी बढेपछी सोमबार स्थानियले धुमधामका साथ भगवानसँग पानी माग्दै भ्यागुताको बिहे गरिदिएका हुन् ।

सोमबार २५–३० जनाको समूह भाँडाकुँडा र डोलीसहित कमला खोलातर्फ प्रस्थान गरे । भ्यागुतालाई सजाएर डोलीमा चढाइयो । पुरोहितले वैदिकमन्त्र पाठ गरी रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिदिए ।

स्थानीयमा वैदिक मन्त्र पढी भ्यागुतोको जोडीको विवाह गरिदिएमा पानी पर्ने जनविश्वास रहेकाले करिब तीन–चार घन्टासम्म हवन गरी भ्यागुतोको जोडीको विवाह गरेको स्थानीयले जनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved