लगानीकर्ताको धम्कीका कारण आज ब्रोकरले कारोबार नगर्ने, शेयर बजार प्रभावित हुन सक्ने

नेपालभ्युज

लगानीकर्ताको धम्कीका कारण आज ब्रोकरले कारोबार नगर्ने, शेयर बजार प्रभावित हुन सक्ने

काठमाडौं । लगानीकर्ताको धम्कीका कारण आज आइतबार ब्रोकरले कारोबार नगर्ने भएका छन् ।

सरकारले बजेटमा गरेको व्यवस्था खारेजीको माग गर्दै लगानीकर्ताले टीएमएस नै बन्द गरिदिने धम्की दिएपछि सेयर ब्रोकरले आइतबार कारोबार सञ्चालन गर्न अस्वीकार गरेका छन्।

सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने विधेयक, २०८० जारी भएपछि त्यसका केही ब्यवस्थालाई लिएर पूँजीबजारका केही लगानीकर्ताहरु आन्दोलित भएका छन्।

लगानीकर्ताको समूह विभिन्न धितोपत्र दलाल व्यवसायीहरुको कार्यालयहरुमा आई कार्यालय बन्द गराउँदै हिडेका छन्। आजदेखि आन्दोलनका मागहरु पूरा नभएसम्म दोश्रोबजार कारोबार बन्द नगरेमा जस्तोसुकै क्षती हुनसक्ने उनीहरुले जनाएका छन्।

‘लगानीकर्ताबाट आएको धम्की तथा चेतावनीका कारण आगामी दिनहरुमा निर्वाध रुपमा कार्यालय खोली व्यवसाय र कारोबार सञ्चालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महशुस गरेको प्रति सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौं,’ ब्रोकर संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघले आगामी दिनमा निर्वाध रुपमा कार्यालय र कारोबार सञ्चालन गर्ने वातावरण मिलाईदिन सरकारसँग माग गरेको छ।

सरकारले व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरुलाई पनि   आय कर तिर्नु पर्ने ब्यवस्था गरेको छ। यसैको विरोधमा  लगानीकर्ताहरु देखिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved