सभामुख सहितको टोलीद्वारा बन्दै गरेको संसद् भवनको निरीक्षण (तस्वीरहरू)

नेपालभ्युज

सभामुख सहितको टोलीद्वारा बन्दै गरेको संसद् भवनको निरीक्षण (तस्वीरहरू)

काठमाडौं। सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवनको आज जेठ १८ गते सभामुख सहितको टोलीले निरीक्षण भ्रमण गरेको छ। सभामुख देवराज घिमिरेसहित उपसभामुख इन्दिरा राना, शहरी विकासमन्त्री सीता गुरुङ, आयोजना प्रमुख लगायतको टोलीले आज आयोजना स्थलमा पुगेर निरीक्षण गरेका हुन्।

सिंहदरबार परिसरको १५१ रोपनी जग्गा चर्चेको आयोजनामा १२ वटा ब्लकसहितको भव्य संरचना निर्माण भइरहेको छ। जसमा कुल जमिनको ४४ प्रतिसत हिस्सा भौतिक संरचनाले लिने छ।

पाँच अर्ब ३० करोडको प्रारम्भिक बजेटमा निर्माण हुन लागेको आयोजनामा संघीय संसदका दुवै सदन, राजनैतिक दलका संसदीय दलको कार्यालय, संघीय संसद सचिवालयको कार्यालय, सभामुख र उपसभामुखको कार्यालय, सम्बन्धित मन्त्रीको कार्यकक्षसहित सुरक्षा निकायको भवनसमेत रहनेछ। हेर्नुहोस् निर्माणाधीन भवनका तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved