विराटनगरको तापक्रम ४१ डिग्री, मोरङ र सुनसरीका विद्यालय बन्द

नेपालभ्युज

विराटनगरको तापक्रम ४१ डिग्री, मोरङ र सुनसरीका विद्यालय बन्द
सांकेतिक तश्वीर

मोरङ ।  देशभर गर्मीले जनजीवन प्रभावित भएको छ । गर्मीको धेरै असर तराई क्षेत्रमा परेको छ । केही सहरको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।

अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका र इटहरी उपमहानगरले विहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै विराटनगर उपमहानगरपालिकाकाले गर्मीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना बढेको भन्दै विहीबार र शुक्रबार महानगरपालिका क्षेत्रका सबै सार्वजनिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved