अर्को महिना हुने साफ च्याम्पियनसिपको लागि ३० जना खेलाडी छनोट

नेपालभ्युज

अर्को महिना हुने साफ च्याम्पियनसिपको लागि ३० जना खेलाडी छनोट

काठमाडौं ।  भारतमा अर्को महिना आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि पहिलो चरणमा ३० खेलाडी छनोट भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

प्रशिक्षक एनेसेले प्रधानमन्त्री कप त्रिदेशीय सिरिजमा टोलीमा रहेका अभिषेक बराल, आदित्य चौधरी, विकास खवास, पदम भट्टराई, कमल थापा, सुमित श्रेष्ठ र भरत खवासलाई टोलीमा समेटेका छैनन् । फरवार्ड विमल घर्तीमगरसँगै गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर देवेन्द्र तामाङ, विक्रम लामा र सुदिप गुरुङले टोलीमा पूनरागमन गरेका छन् ।

सिमन्त थापा, विमल पाण्डे, दिनेश हेन्जन, आशिष गुरुङ, अन्जल महर्जन, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ र जिलेस्पी जंग कार्कीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।

३० सदस्यीय टोली यस्तो छ

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन

साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।   साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलोर हुनेछ ।

फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved