आईपीएलमा लखनउद्वारा चेन्नई ६ विकेटले पराजित

नेपालभ्युज

आईपीएलमा लखनउद्वारा चेन्नई ६ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग IPL (आईपीएल)मा लखनउ सुपर जाएन्ट्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा चेन्नईले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै ४ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो ।

लखनउका मार्कस्ले अविजित रहँदै सर्वाधिक १२४ रन बनाए । ६३ बल खेलका उनले १३ चौका र ६ छक्का प्रहार गरेका थिए । चेन्नईका माथिशा पाथिरानाले सर्वाधिक २ विकेट लिँदा दीपक चाहर र मुस्तिफिजुर रहमानले १–१ विकेट लिन सफल भए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । जितसँगै लखनउ शीर्ष चारमा उक्लिएको छ ।

आठ खेल खेलेको लखनउको १० अंक छ । पराजित चेन्नई समान खेलबाट ८ अंक जोड्दै पाँचौँ स्थानमा छ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स बिच खेल हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved