प्रधानमन्त्रीको भारत भ्रमण तालिका र समय सार्वजनिक

नेपालभ्युज

प्रधानमन्त्रीको भारत भ्रमण तालिका र समय सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक भएको छ ।

भारतीय परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार जेठ १७ गते (मे ३१) बुधबार प्रधानमन्त्री प्रचण्ड पौने ३ बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।

जेठ १८ गते बिहान साढे १० बजे प्रधानमन्त्री महात्मा गान्धीको समाधिस्थल राजघाट पुग्नेछन् । त्यहाँ गान्धीको समाधिस्थलमा माल्यार्पण गरेपछि उनको स्थानीय समयअनुसार ११ बजे हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैठक हुनेछ ।

१२ बजे सोही स्थानमा द्विपक्षीय समझदारी सार्वजनिक गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको औपचारिक कार्यतालिकामा उल्लेख छ । अपरान्ह ४ बजे मौलाना आजाद रोडमा रहेको कार्यालयमा उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट हुनेछ ।

अपरान्ह ४:३५ मा राष्ट्रपति भवनमा भारतका राष्ट्रपति दौपदी मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्रीको औपचारिक भेटघाट सकिनेछ ।

उनी १९ गते विहान साढे ८ बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन् । त्यहाँ एक रात बसेर उनी शनिबार अपरान्ह काठमाडौं फर्कनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved