रेशम चौधरी जेलबाट छुटे, आजै कैलाली जाने

नेपालभ्युज

रेशम चौधरी जेलबाट छुटे, आजै कैलाली जाने

काठमाडौं। हत्या आरोपमा जेलमा रहेका रेशम चौधरी जेलबाट छुटेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद मिनाहा गरेपछि उनि विहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । चौधरीलाई नागरिक उन्मुक्ती पार्टीका नेता कार्यकर्ताले फूलमालाले स्वागत गरेका छन् ।

चौधरी आजै गृह जिल्ला कैलाली जाने तयारीमा छन् ।

कैलालीको टीकापुरमा सात जना सुरक्षाकर्मी र एक नाबालक गरी आठ जनाको ज्यान गएको घटनामा तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफारिसबमोजिम टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिसअनुसार पौडेलले सो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ— “टोपबहादुर बुढासमेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved