कम्युनिस्ट नेताको सामन्ती रवाफ ! आफ्नो गाडी ओभरटेक गरेको भन्दै सर्वसाधारणमाथि हातपात

पूर्वमन्त्री गुरुङका चालकले दोस्रो गाडीका चालक अमित अधिकारीलाई झपारे ‘मन्त्रीज्यूको सवारी भइरहेको छ। यत्रो इमर्जेन्सी लाइट बलेको छ। आँखा छैन ?’ यत्तिकैमा पूर्वमन्त्री गुरुङ गाडीबाट झरे, दोस्रो गाडीका चालकलाई एक झापड लगाए। ‘मेरो सवारीमा अवरोध गर्ने तँ को होस् ?’ भन्दै सातो खाए। चौकी अगाडिकै घटनामा प्रहरी हेरिरहेका थिए।

नेपालभ्युज

कम्युनिस्ट नेताको सामन्ती रवाफ ! आफ्नो गाडी ओभरटेक गरेको भन्दै सर्वसाधारणमाथि हातपात

काठमाडौं। शनिबार दोलखाबाट एउटा निजी गाडी बेतोडले बत्तिँदै काठमाडौँतर्फ आउँदै थियो। बाग्मती प्रदेश १, ०२५, च, ५४०२ नम्बरको गाडी (क्रुजर प्राडो) अरुलाई ठक्कर दिउँलाझैँ सडकमा बेपरवाह बत्तिएको देखेर सडकमा यात्रा गरिरहेका यात्रु समेत चकित थिए।

गाडीमा कालो सीसा थियो। बाहिरबाट भित्र को थियो देखिन्थेन। गाडीमा इमर्जेन्सी लाइट बालेर अस्वाभाविक गतिमा हुइँकिरहेको गाडी अनावश्यक हर्न बजाउँदै बत्तिँदा धेरैलाई लाग्यो, कोही भीआईपीका इमरजेन्सी सवारी रहेछ।

गाडी अरू सवारीलाई अस्वाभाविक र लापरबाही रूपमा आभेरटेक गर्दै गाडी अघि बढ्दै थियो। उही गति र उही शैलीमा, चर्काे हर्न र इमर्जेन्सी लाइटमै। सुकेटे कटेपछि गाडी सडक छेउको एक रिर्साेटमा छिर्‍यो।

000

गाडी रोकिनासाथ अगाडिको ढोकाबाट पीएसओ (सुरक्षाकर्मी) सुरक्षाकर्मीको पोसाक लगाएका एक व्यक्ति ओर्लिए। उनले पछाडिको ढोका खोले। तीन जना मान्छे ओर्लिए। अरूले बल्ल चिने गाडीमा सवार पूर्वमन्त्री पार्वत गुरुङ रहेछन्। उनको गृह जिल्ला दोलखा हो। सायद उतैबाट काठमाडौं थिए।

करिब आधा घण्टापछि त्यो टोली सवार ५४०२ नम्बरको गाडी रिसोर्टबाट बाहिरियो। उही गति र शैलीमा। इमरजेन्सी लाइट बाल्दै बेपरवाह हुइँकियो। लापरबाही शैलीमा अगाडीका गाडीलाई ओभरटेक गर्दै काठमाडौंतर्फ लाग्यो। गाडीले इमरजेन्सी लाइट बाल्नुको अर्थ हो (हतारमा। अर्थात् अति महत्त्वपूर्ण र आकस्मिक काम।

तर, हतारमा आएको गाडी सुकुटेमा अलमलिनु र फेरि इमरजेन्सी लाइट बालेर बेतोडले बत्तिँदा सर्वसाधारणले पत्तो पाइसकेका थिए, ‘कोही ठूलाबडा मान्छे रवाफ देखाउँदै हिँडिरहेको छ’।

बहुदलदेखि गणतन्त्रसम्म जो मन्त्री र बदनाम दुवै भए

काभ्रेका खावा पुगेपछि त्यो गाडीले अघि आफूले ओभरटेक गरेको गाडीहरूलाई भेट्यो। सर्वसाधारणको गाडीलाई केही बेरअघि ओभरटेक गरेको सो गाडीले फेरि दोस्रो पटक ओभरटेक गर्‍यो। त्यो गाडी (५४०२ नम्बरको) खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकियो। गाडी चालक झरे। चालकले पछाडिबाट आउँदै गरेको अर्को ०२३ च ८९२५ नम्बरको कार रोके।

पूर्वमन्त्री गुरुङका चालकले दोस्रो गाडीका (८९२५ नम्बरको) चालक अमित अधिकारीलाई झपारे ‘‘म पीएसओ हुँ। मन्त्रीज्यूको सवारी भइरहेको छ। यत्रो इमर्जेन्सी लाइट बलेको छ। आँखा छैन ?’ दोस्रो गाडीका चालक अधिकारीले पनि ‘इमरजेन्सी बत्ती बालेर जथाभाबी किन गाडी चलाएको ?’ भन्दै प्रश्न गर्दै थिए। यत्तिकैमा पूर्वमन्त्री गुरुङ गाडीबाट झरे, दोस्रो गाडीका चालकलाई एक झापड लगाए।

‘‘मेरो सवारीमा अवरोध गर्ने तँ को होस्?’ भन्दै सातो खाए। प्रहरी चौकी अगाडिकै घटनामा प्रहरीहरू हेरिरहेका थिए। आफ्नै सामुन्ने पूर्वमन्त्रीले सर्वसाधारणमाथि हात उठाउँदा प्रहरीहरू निरीह बने।

संस्कार नभएका संस्कृतिमन्त्री- कोही छाडा बोल्ने, कोही लाइन मिच्ने

उल्टै ‘आफ्नो सवारीमा अवरोध’ गरेको भन्दै अर्को गाडीका चालक अधिकारीलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाउन पूर्वमन्त्री गुरुङले निर्देशन दिए।

पीडित अधिकारीले भने, ‘‘गाडीमा दाइ, भाउजू, भाइ र म गरी चार जना थियौँ। ‘परिवारका सबैलाई सोधपुछ गरियो। कहिले मादक पदार्थ सेवन गरेर हो भनेर आरोप लगाए।जाँच गर्न हामीले चुनौती दियौँ । तर, दुर्व्यवहारमा परेको भन्दै उजुरी दिन खोज्दा भने मिल्नुपर्छ भनेर फर्काइदिए।’’

000

जिल्ला प्रहरी कार्यालय काभ्रेले भने घटनाको ढाकछोप गर्न खोजेको छ। सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने ‘‘खासै ठूलो घटना भएको होइन। सडकमा गाडी चलाउने क्रममा सामान्य विवाद मात्रै हो। ओभरटेक गर्ने क्रममा सामान्य विवाद भएको रहेछ।’’

मन्त्री श्रेष्ठको दम्भ- ‘मलाई लाइन बस्न लगाउने’ भन्दै पक्राए बिना कसुरका गार्डलाई

सोधपुछका लागि गाडी चालकलाई प्रहरी कार्यालय ल्याइएको र सोधपुछपछि फर्काइएको बताए। पूर्वमन्त्री गुरुङले भने आफूले अर्को गाडीका चालकलाई आफूले उनको हैसियतबारे सोधेको स्वीकार गर्छन्। साथै उनले ‘धकेलिदिए’को पनि बताए। गुरुङ भन्छन्, ‘किन साइड नदिएको, तिमी को हो भनेर सोधेँ, डिस्कस पर्‍यो। ल जाऊ भाइ तिमी उता भनेर मैले यसो धकेलिदिएँ ।’’

000

गुरुङ त्यस्ता नेता हुन् जसले यस्तो हर्कत पटक-पटक गर्दैआएका छन्। ०७४ को संसदीय निर्वाचनमा खुर्कोटको बाटो हुँदै काठमाडौं आउँदा पनि उनले एक मोटरसाइलक चालकलाई कुटेका थिए। उनी एकताका ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए।

२०७४ को स्थानीय तह निर्वाचनमा भएको विवादलाई लिएर दोलखा गौरीशंकर–१ का वीरध्वज खड्कालाई पिछा गर्दै गएका थिए। गुरुङसहितको समूहले काठमाडौं गौशालामा ती युवालाई कुटे। त्यही आरोपमा उनलाई अदालतले पक्राउ पुर्जी जारी गर्‍यो। तर, पछि उनले सत्ता र शक्तिको आडमा मुद्दा निष्क्रिय बनाए।

उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘‘सत्ता र शक्तिको आड पाएका गुरुङले सर्वसाधारणमाथि ज्यादती गर्दा कारबाही कहिल्यै भएन। धेरै पटक मान्छे कुट्दा जहिल्यै उन्मुक्ति पाइरहे। यसैले उनले ‘पावर’ देखाउँदै निरीह जनतामाथि ज्यादती गर्न कहिल्यै छाडेनन्।’’

यो पनि पढ्नुहोस्

नेपाल एयरलाइन्सका अध्यक्षमाथि मन्त्री आलेले गरे अश्लील गालीगलौज र हातपात

मन्त्री आलेका पीएको रवाफ, ‘डेढ करोड रुपैयाँ त आँखा चिम्लेर खर्च गर्नसक्छु’ _भिडिओसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved