मन्त्री आलेका पीएको रवाफ, ‘डेढ करोड रुपैयाँ त आँखा चिम्लेर खर्च गर्नसक्छु’ (भिडिओसहित)

रेग्मी भन्छन्, ‘कुराकानी पुरानो हो, डाँकाहरूले अहिलेको भन्दा रहेछन्’

रेग्मीले भिडिओमा भनेका छन्, ‘एक करोड त आँखा चिम्लेर दिन्छु। आँखा चिम्लेर। म एक करोडको जग्गा किन्छु। अर्को साल अढाई तलाको घर बनाउँछु। त्यो पैसा ल्याउने मसँग स्रोत छ। कति मान्छे आउँछन्। उनीहरु भन्छन्, हजुर हाम्ले के गर्नुपर्छ भन्छन्। यसपालि त बजाउने हो।’

नेपाल भ्यूज

मन्त्री आलेका पीएको रवाफ, ‘डेढ करोड रुपैयाँ त आँखा चिम्लेर खर्च गर्नसक्छु’ (भिडिओसहित)

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको स्वकीय सचिव हेमन्त रेग्मीले आफूले करोडौँ रुपैयाँ कमाएको रवाफ देखाएका छन्।

संरक्षित सम्पदा क्षेत्रभित्र रिसोर्ट तथा होटल बनाउन विगतका सरकारले सम्झौता गरेको कार्यको विरोध गर्दै नागरिकतहमा लोकप्रियता कमाएका मन्त्री आलेको स्वकीय सचिव रेग्मीले आफ्नो ‘डेढ करोड रुपैयाँ आँखा चिम्लेर खर्च गर्न सक्ने क्षमता भएको’ अभिव्यक्ति दिएका हुन्।

धनगढीमा गत मंसीरमा भएको एक कार्यक्रमपछि पीए रेग्मीले मन्त्री आलेसँग ‘हजुर हाम्ले कति खर्च गर्नुपर्छ गर्छौँ, तर काम चाहियो’ भन्दै आउने व्यक्तिहरु धेरै भएकाले आफूले जति पनि कमाउन सक्ने बताएका हुन्। उक्त अडियोसहितको भिडिओ क्लिप नेपालभ्यूजले प्राप्त गरेको छ।

रेग्मीले फोनमा ‘लाउड स्पिकर’मा कसैसँग बोलिरहेको भिडिओमा भनेका छन्, ‘एक करोड त आँखा चिम्लेर दिन्छु। आँखा चिम्लेर। म एक करोडको जग्गा किन्छु। अर्को साल अढाई तलाको घर बनाउँछु। त्यो पैसा ल्याउने मसँग स्रोत छ। कति मान्छे आउँछन्। उनीहरु भन्छन्, हजुर हाम्ले के गर्नुपर्छ भन्छन्।’

त्यो कुराकानी पुरानो होः स्वकीय सचिव रेग्मी
यस विषयमा नेपालभ्यूजले मन्त्री आलेका स्वकीय सचिव रेग्मीसँग जिज्ञासा राख्दा उनले त्यो अडियो आफ्नै भएको स्विकारे। तर, गत वर्षको भएको बताए।

‘‘त्यो अडियो मेरै हो। म फोनमा लाउडस्पिकरमा बोल्दै थिएँ, कसैले पछाडिबाट रेकर्ड गरेछ । त्यो ठीक एक वर्षअघिको कुरा हो,” रेग्मीले भने, “तर मैले कसैसँग कमिसन खाने कुरा गरेको होइन। आफ्नै जग्गा बेच्ने कुरा गरेको हुँ। डाँकाहरूले अहिलेको भन्दा रहेछन्।’’

(स्वकीय सचिव रेग्मीको खण्डनपछि समाचारका केही प्रसङ्ग सम्पादन गरिएको छ : प्रधानसम्पादक)

One thought on “मन्त्री आलेका पीएको रवाफ, ‘डेढ करोड रुपैयाँ त आँखा चिम्लेर खर्च गर्नसक्छु’ (भिडिओसहित)

  1. आलेलाई बदनाम गर्न खोज्ने साईबर स्याल हरु हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved