नेपाल एयरलाइन्सका अध्यक्षमाथि मन्त्री आलेले गरे अश्लील गालीगलौज र हातपात

बेलाबेलामा विवादमा आइरहने पर्यटनमन्त्री प्रेम आलेले आफ्ना पार्टीका कार्यकर्तालाई आफूले भनेको जागिर नलगाइदिएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील लागि गर्दै हातपात गरेका छन्।

नेपालभ्युज

नेपाल एयरलाइन्सका अध्यक्षमाथि मन्त्री आलेले गरे अश्लील गालीगलौज र हातपात

काठमाडौं। बेलाबेलामा विवादमा आइरहने पर्यटनमन्त्री प्रेम आलेले आफ्ना पार्टीका कार्यकर्तालाई आफूले भनेको जागिर नलगाइदिएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील लागि गर्दै हातपात गरेका छन्।

अन्नपूर्ण पोस्ट्‌ले सार्वजनिक गरेको सामाजिक सञ्जालमा भाइरल अडिओमा मन्त्री आलेले आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको सुन्न सकिन्छ। अपाच्य अश्लील गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका अरू त्यत्तिले रोकेका अडिओमा सुन्न सकिन्छ।

मन्त्री आलेले नेपाल एयरलाइन्समा करार नियुक्तको लागि केही कार्यकर्ता पठाएका थिए। आफूले पठाएका व्यक्तिलाई जागिर दिन अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइदिए पनि केहीलाई लगाउने प्रक्रियामा रहेको मन्त्रालय स्रोतले बताएको छ।

तर, मन्त्री आलेले केही कार्यकर्ताले अझै काम नपाएको भन्दै अध्यक्ष अधिकारीलाई फोनमा समेत धम्काउँदै आएको अडिओ पनि सामाजिक सञ्जालमा भाइरल छ। अडिओ भाइरल भएपछि मन्त्री आलेमाथि राजीनामाकाे दबाब बढेको छ।
यसअघि पनि मन्त्री आलेले मुम्बई बस्ने जगत ओली नामका युवालाई अश्लील गाली गरेको भिडिओ सार्वजनिक भएको थियो। त्यसपछि र अघि पनि उनलाई विवादित बनाउने उनका धेरै हर्कतहरु सार्वजनिक भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved