रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद्‌द्वारा राष्ट्रपतिसमक्ष सिफारिस

नेपालभ्युज

रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद्‌द्वारा राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं। मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । यस्तै, बैठकले हाल बन्दी जीवन बिताइरहेका विभिन्न व्यक्तिहरूलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved