फ्रेन्च लिग वनको च्याम्पियन बन्यो पीएसजी

नेपालभ्युज

फ्रेन्च लिग वनको च्याम्पियन बन्यो पीएसजी

एजेन्सी। पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च लिग वनको च्याम्पियन बनेको छ ।

गएराती भएको खेलमा स्ट्रासबर्गसँग बराबरी खेल्दै पीएसजी ११ औँ पटक फ्रेन्च लिग वनको उपाधि जित्न सफल भएको हो । च्याम्पियन बनेसँगै पिएसजीले सेन्ट इटिएन र मार्सेले समान १० पटक फ्रेन्च लिग वानको उपाधि जितेको कीर्तिमानलाई उछिनेको छ ।

गएरातीको खेलमा स्टार खेलाडी मेस्सीले  गोल गरे ।  उनको पीएसजीमा यो सिजनमा ३२ औँ गोल हो । ५९ औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए ।

तर, ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गर्दै स्ट्रासबर्गलाई रेलिगेसनबाट जोगाए ।

यस बराबरीसँगै पिएसजीको ३७ खेलबाट ८५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लेन्सको ८१ अंक छ । स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved