‘ए’ डिभिजन लिग : आर्मीले फ्रेन्ड्सलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : आर्मीले फ्रेन्ड्सलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्बलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

आर्मीको लागि जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरे। खेलको २६औं मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। ७५ औं मिनेटमा नवयुगले पेनाल्टीमा गोल गर्दै आर्मीको लागि दोस्रो गोल गरे। इन्ज्युरी समयमा सुदिलले आर्मीको लागि तेस्रो गोल गरे।

फ्रेन्ड्सका डोना थापा भने गोल गर्न असफल रहे। यससँगै २० खेलबाट २९ अंक जोडेको आर्मी पाँचौं स्थानमा रहेको छ। २० खेलबाट २१ अंक जोडेको फ्रेन्ड्स भने १३औं स्थानमा छ।

यस्तै, च्यासल रंगशालामा भएको चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लबबीचको खेल भने १–१ गोलको बराबरीमा सकियो।

खेलको १३औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। ३६ औं मिनेटमा अबायोमी फाकुन्ललेले हिमालयन शेर्पाको लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।

यससँगै २० खेलबाट ३७ अंक जोडेको चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा छ। २० खेलबाट २६ अंक जोडेको शेर्पा सातौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved