टाउको दुखेको बेला खान नहुने खाना

नेपालभ्युज

टाउको दुखेको बेला खान नहुने खाना

एजेन्सी । यदि तपाईंको टाउको दुखिरहेको छ भने केही खानेकुराहरुले त्यसलाई अझै बढावा दिन सक्छ । त्यसैले टाउको दुखेको बेला केही खानाहरु खानबाट बच्नुपर्दछ । यदी तपाईंलाई ती खानाहरुको बारेमा थाहा छैन भने आज जान्नुहुनेछ ।

रक्सी

धेरै मात्रामा रक्सीको सेवनले टाउको दुखाई अझै बढ्न सक्छ । ह्यांगओभरको रुपमा पनि तपाईंको टाउको दुखेको हुन सक्छ । त्यसैले टाउको दुखिरहेको बेला रक्सी पिउनु हुँदैन ।

क्याफिन

टाउकोमा तेज दुखाई भइरहेको बेला क्याफिनले भरपूर खाना खानु हुँदैन । यसले टाउको दुखाई अझै बढ्न सक्छ । त्यसैले कफी, चकलेट वा चिया जस्ता खानेकुरा खानु हुँदैन ।

धुम्रपान

टाउको दुखेको बेला धुम्रपान गर्नाले स्वास्थ्यमा अझै नोक्सान पुग्न सक्छ । धेरै धुम्रपानले सेरोटोनिनको मात्रा प्रभावित गर्दछ । त्यसैले टाउको दुखेको बेला धुम्रपान गर्नु हुँदैन ।

फर्मेन्टेड खाना

टाउको दुखाईको समस्याबाट छुट्कारा पाउन चाहनुहुन्छ भने फर्मेन्टेड खानाहरु खानबाट बच्नुहोस् । यस्ता खानामा टायरामाइनको मात्रा पाइन्छ, जसले टाउको दुखाईलाई बढाउन सक्छ ।

मसालेदार खाना

मसालेदार खाना वा अचारको सेवनले टाउको दुखाईलाई बढाउन सक्छ । यस्तो खानामा टायरामाइन पाइन्छ । त्यसैले टाउको दुखेको बेला यस्तो खानाबाट बच्नु नै उत्तम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved