बागमती प्रदेश सरकारमा ५० प्रतिशत मन्त्रालय कांग्रेसलाई

नेपालभ्युज

बागमती प्रदेश सरकारमा ५० प्रतिशत मन्त्रालय कांग्रेसलाई

काठमाडौं। भागबन्डाका लागि एक मन्त्रालय थपिएपछि बागमती प्रदेश सरकारले पूर्णता पाउने भएका छन्। सत्ता गठबन्धनका दलबीच भएको सहमतिअनुसार प्रदेश सरकारमा कांग्रेस एक्लैले ५० प्रतिशत मन्त्रालय लिने पक्का भएको छ। भागबन्डाअनुसार १२ मध्य कांग्रेसले ६ मन्त्रालय पाउनेछ। मुख्यमन्त्रीसहित ४ मन्त्रालय नेकपा माओवादी केन्द्र र २ मन्त्रालय एकीकृत समाजवादीले लिनेछन्।

गठबन्धनमा भाग पुर्‍याउन यसअघि ११ मन्त्रालय रहेको बागमतीमा संख्या बढाएर १२ पुर्‍याइको छ। प्रदेश सरकारलाई पूर्णता दिन नसकेपछि मन्त्रालय नै फुटाउनुपरेको एक नेताले बताए ।

मुख्यमन्त्री शालिकराम जमकट्टेलले यस अघि मन्त्रालय नबढ्ने बताउँदै आएका थिए। भागबन्डा मिलेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ। स्रोतका अनुसार सोमबारभित्रै मन्त्रिपरिषद् विस्तार हुनेछ। जसअनुसार एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल र राजेन्द्रमान श्रेष्ठ मन्त्रीका लागि सिफारिस हुँदै छन्मा।  लम्साल श्रम रोजगार तथा यातायात मन्त्री र श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन्।

यस्तै कांग्रेसबाट मसिना खड्का वन तथा वातावारण मन्त्री,पुकार महर्जन उद्योग पर्यटन तथा सहकारी मन्त्री बन्ने भएका भएका छन् भने उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्री नियुक्त हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved