सरकारको नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन : योगेश भट्टराई

नेपालभ्युज

सरकारको नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत  गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन् ।
शुक्रवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको बताए । उनले नीति तथा कार्यक्रममा कुनै जोश, जाँगर र सपना नरहेको जिकिर गरे ।

‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौति छन् । त्यसलाई ठोस कार्ययोजना छैन’ उनले भने,  ‘यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोश छैन, जाँगर छैन ।’

सांसद भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेको आर्थिक, सामाजिक व्यवस्थामाथिको चुनौतिको समाधान गर्ने कुरा नरहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved