आईपीएल क्रिकेटमा पुछारको दिल्लीले पञ्जावलाई हरायो

नेपालभ्युज

आईपीएल क्रिकेटमा पुछारको दिल्लीले पञ्जावलाई हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा  पुछारको दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई हराएको छ ।

धर्मशालामा जितको लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।

पन्जाबका लियाम लिभिङ स्टोनले ४८ बलमा ९४ रन बनाएपनि टोलीको जिताउन सकेनन् । त्यस्तै अथर्व टाडेले ४२ बलमा ५ चौका र २ छक्कासहित ५५ रनमा रिटार्यहर्ट आउट भएका थिए ।

दिल्लीका ईशान शर्मा र एनरिच नोर्कियाले समान दुई विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । दिल्लीको जितमा राइली रोसोउ ३७ बलमा ८२ रनमा नटआउट रहे । पन्जाबका साम करनले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

दिल्ली यसअघि नै प्ले अफ दौडबाट बाहिरिइसकेको छ । गएरातीको हारसँगै पन्जाबको पनि लगभग बाहिरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved