साफ च्याम्पियनसिपमा नेपाल र भारत समूह ‘ए’ मा

नेपालभ्युज

साफ च्याम्पियनसिपमा नेपाल र भारत समूह ‘ए’ मा

काठमाडौं। १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ। बुधबार दक्षिण एसियाली फुटलब महासंघ साफले समूह विभाजन सार्वजनिक गरेको हो।

समूह विभाजनमा नेपाल समूह ‘ए ‘मा परेको छ। नेपालसँगै समूह ए मा पाकिस्तान, कुवेत, र साविक विजेता भारत परेको छ। माल्दिभ्समा आयोजान भएको १३ औँ संस्करणको उपाधि भारतले जितेको थियो भने नेपाल उपविजेता बनेको थियो।

समूह ‘बी’ मा भुटान, बंगलादेश, माल्दिभ्स र लेबनान परेको छ।

भारतको बेंगलुरुमा आयोजना हुने साफ च्याम्पियनसिप असार ६ देखि १९ सम्म आयोजना हुनेछ। श्रीलंकाले फिफाको प्रतिबन्धको कारण यसपटकको साफ गुमाएका छ। लेबनान र कुवेत आमन्त्रित टोलीको रुपमा प्रतिस्पर्धा गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved